सुदूरपश्चिममा थप १६ जना संक्रमितको मृत्यु, ६१० जनामा कोरोना पुष्टि, १५० जना मात्रै निको
2021/05/24, 7:37
 
corona

सुदूरपश्चिम प्रदेशमा १६ जनाको मृत्यु भएको छ । सोमबार कैलालीका ६ जना, कञ्चनपुरका ६,  बझाङका २ जना, डडेल्धुरा र अछामका एक एकजनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा १ हजार तीन सय ८५ जनाको नमूना पीसीआर तथा ६ सय २४ नमूना ऐन्टिजेन विधिबाट परीक्षण गरिएको छ । दुवै विधिबाट कूल २ हजार ९ नमूना परीक्षण गर्दा ६ सय १० जनाको रिपोर्ट पोजेटिभ आएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ । 

पीसीआर विधिबाट परीक्षण गर्दा ४ सय ९१ जना संक्रमित भएका छन् भने ऐन्टिजेन विधिबाट परीक्षण गर्दा एक सय १९ जनामा संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ७५२ नमूना परीक्षण गर्दा २७३ जना,  डडेल्धुरा अस्पतालमा ८३ नमूना परीक्षण गर्दा २५ जना, बझाङ्ग अस्पतालमा १४२ नमूना परीक्षण गर्दा ३४ जना र अछामको कमलबजार अस्पतालमा १२० जनाको नमूना परीक्षण गर्दा ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा २ लाख १२ हजार ८ सय ७० नमूना परीक्षण गर्दा ३५ हजार एक सय १९ जनामा संक्रमण फेला परेको छ ।