पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा ४३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ६ वटा प्रयोगशालामा १ हजार २५९ नमुना पीसीआर तथा ५ वटा सीमानाकामा २ हजार ५६३ नमूना ऐन्टिजेन विधिबाट परीक्षण भएका छन । यी दुवै विधिबाट गरिएको परिक्षणमा ४३७ जनामा संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ९३८ जनाको नमूना परीक्षण गर्दा १३६ जना, महाकाली अस्पतालमा ४५ नमूना परीक्षण गर्दा ३४ जना, डडेल्धुरा अस्पतालमा ४२ नमूना परीक्षण गर्दा १५ जना, डोटी अस्पतालमा २२ नमूना परीक्षण गर्दा ९ जना, बझाङ्ग अस्पतालमा ११६ नमूना परीक्षण गर्दा ४५ जना र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा ९६ जनाको नमूना परीक्षण गर्दा ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा २ लाख १६ हजार १९१ नमूना परीक्षण गर्दा ३७ हजार १६७ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा ३६२ जना संक्रमित निको भएका छन् । प्रदेशभर संक्रमण पुष्टि भएका २० हजार ३४४ जनाले कोरोना जितेका छन् ।
सुदूरपश्चिम प्रदेशमा बुधबार थप ५ जनाको मृत्यु भएको छ । कञ्चनपुरका १ जना, कैलाली र डडेल्धुराका २÷२ जना गरि ५ जनाको मृत्यु भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ । हालसम्म प्रदेशमा ४६८ जनाको मृत्यु भएको छ ।