सुदूरपश्चिम प्रदेशमा बिहीबार थप ९ जनाको मृत्यु भएको छ। कञ्चनपुरका र कैलालीका ४/४ जना र अछामका १ जना गरी ५ जनाको मृत्यु भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ।
पछिल्लो २४ घण्टामा ५६९ जना संक्रमित निको भएका छन्। पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका ७ वटा प्रयोगशालामा १ हजार ३२२ नमुना पीसीआर तथा ५ वटा सीमानाकामा ३७७ नमूना ऐन्टिजेन विधिबाट परीक्षण भएका छन्। यी दुवै विधिबाट गरिएको परिक्षणमा ४८७ जनामा संक्रमण पुस्टि भएको छ।
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ५३० जनाको नमूना परीक्षण गर्दा ११८ जना, महाकाली अस्पतालमा ५१ नमूना परीक्षण गर्दा १२ जना, डडेल्धुरा अस्पतालमा १२५ नमूना परीक्षण गर्दा २० जना, जिल्ला अस्पताल बैतडीमा ३८८ नमूना परीक्षण गर्दा ५८ जना, डोटी अस्पतालमा ३६ नमूना परीक्षण गर्दा २७ जना, बझाङ्ग अस्पतालमा ९६ नमूना परीक्षण गर्दा ४३ जना र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा ९६ जनाको नमूना परीक्षण गर्दा ६४ जनामा कोरोना संक्रमण पुस्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा २ लाख १८ हजार ९२६ नमूना परीक्षण गर्दा ३७ हजार ६४३ जनामा संक्रमण पुस्टि भएको छ। हालसम्म प्रदेशभर संक्रमण पुस्टि भएका २० हजार ९१३ जनाले कोरोना जितेका छन् भने, ४७७ जनाको मृत्यु भएको छ। त्यस्तै प्रदेशभर पछिल्लो २४ घण्टामा ५६९ जना संक्रमित निको भएका छन्।