धनगढी–दिपायल दुर्तमार्गको गति सुस्त, ट्रयाक खोलिएको सडक खण्डको अवस्था वेहाल (भिडियो सहित)  
2020/06/07, 9:28
 
fasr track

धनगढी–दिपायल दुर्तमार्गको गति सुस्त हुँदा बर्षौदेखि सडकको पुरै ट्रयाक खोल्न वाँकी रहेको छ । ट्रयाक खोलिएको सडक खण्डको अवस्था पनि वेहाल रहेको स्थानीयहरुले बताएका छन् ।  सडक खण्डको निर्माणको चर्चा सुरु भएको १२ बर्ष र बजेटमा समावेश हुन थालेको ११ बर्ष पुग्दा पनि सडक खण्डको ट्रयाक पुरै खुल्न सकेको छैन् । धनगढी–दीपायल द्रुत मार्गको ट्रयाक खोल्न बाँकी रहेको छ ।

बजेटमा अटाउने तर कार्यान्वयन नहुँने परिपाटीका कारण एक सय छ किलोमिटरको धनगढी–दीपायल द्रुत मार्गको ट्रयाक खोल्न समेत बाँकी रहेको हो । अहिले पनि २० किलोमिटर भन्दा बढि ट्रयाक खोल्न बाँकी छ भने ट्रयाक खोलिएको क्षेत्रमा पनि फराकिलो बनाउने कार्य बाँकी छ । धनगढी–दिपायल द्रुत मार्ग योजना कार्यालयका प्रमुख खगेन्द्र शाहीले पनि सडकको निर्माण अलपत्र परेको बताउँछन् । रुख कटानका लागि मन्त्री परिषद्को बैठकले निर्णय गरेकोमा अहिलेसम्म वन डिभिजन कार्यालय डोटीमा सडक विभाग र वन विभागको सम्झौता पुगाउन नसकिएकोले निर्माणको काम रोकिएको शाहीले बताए ।  सडक निर्माणका लागि बुह बर्षीय ठेक्का आह्वानमा समेत अवरोध गरिए पनि सडक निर्माणमा थप अन्योलता बढेको छ । 

आर्थिक बर्ष २०७५÷०७६ मा सुरुङ मार्गको सपना देखाएको संघीय सरकारले आर्थिक बर्ष २०७६÷०७७ को बजेटमा भने एक कदम पछाडी सर्दै सुरुङ मार्गको अध्ययन गर्ने भनेको थियो । आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दा फेरी एक पटक सुरुङ मार्गको सपना देखाईएको छ । ‘प्रदेश सरकारसंग सहकार्य गर्दै खुटिया–दिपायल सुरुङ मार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गरिनेछ । खुटिया–दिपायल–चैनपुर–उरै सम्म सडक निर्माणको प्रक्रिया अगाडि बढाईने छ ।’ आर्थिक बर्ष २०७७÷०७८ को बजेट भाषणमा उल्लेख गरिएको छ । 

१२ बर्षमा एक सय ६ किलोमिटर सडकको ट्रयाक खोल्न नसकिएकोमा उरैसम्म सडक पुगाउने कुरमा पनि विश्वास गर्न सकिने अवस्था नरहेको सम्बद्धहरु बताउँछन् । स्थानीय महेश ओझका अनुसार ट्रयाक खोलिएको सडक खण्डको अवस्था पनि वेहाल छ । आवतजावगत गर्न र सवारी साधन लैजान खोलिएको ट्रयाक खण्डमा निकै मुस्किल रहेको छ । 

१२ बर्षसम्म सडकको ट्रयाक समेत खोल्न बाँकी रहेको बेला कहिले सुरुङ मार्ग त कहिले उरैसम्म सडक पुगाउने आश्वसान बाडिएप नि प्रदेशवासीलाई भने विश्वास लागेको छैन । कैलाली र डोटीमा द्रुत मार्गको सपना बुन्दै बनाएका बगैंचामा फलेको कृषि उपज कुहिन थालेको बर्षाै भईसकेको छ । द्रुत मार्ग निर्माण होला र उर्वर भुमिमा उत्पादन भएको कृषि उपजले सहजै बजार पाउला भन्ने सपना बुनेको किसानहरु थाकिसका छन् । तर संघीय सरकार र यस क्षेत्रका नेताहरु भने द्रुत मार्गको नाममा राजनीति गर्न अझै थाकेका छैनन् ।