कञ्चनपुरमा कोरोना संक्रमण दर घट्दै 
2021/05/27, 10:16
 
bb

विश्व महामारीको रुपमा फैलिएको कोरोना महामारीको प्रभाव विश्वभरी रहेको अवस्था छ । यो सँगै दोस्रो लहरको रुपमा छिमेकी मुलुक भारतबाट नयाँ भेरियन्ट सहित प्रवेश गरेको कोरोना भाइरसले जनजिवन नै अस्तव्यस्थ पारेको अवस्था छ ।

नेपालमा भारतीय दोस्रो लहर सहित नयाँ भेरियन्ट सहितको महामारी प्रवेश गरेपछि हालसम्म भाइरसबाट कयौ मानिसले ज्यान गुमाइसकेको अवस्था छ । त्यसैबिचमा अक्सिजनको अत्याधिक अभाव झेलेको अवस्थामा पछिल्लो केही दिन यता भने कोरोना संक्रमण दर घट्दै गएको छ । कञ्चनपुर जिल्लामा पछिल्लो केही दिन यता संक्रमित हुनेको सङ्ख्या घट्दै गएको छ । यो सँगै मृत्युदरमा पनि कमी आएको छ ।

जिल्लाको महाकाली अस्पतालका अनुसार जिल्लामा संक्रमित भएर उपचार गराउने तथा संक्रमित भएर उपचार गराउन अस्पताल आउनेको सङ्ख्यामा दिनप्रति दिन कमी आउने गरेको छ ।

“पछिल्लो सयम भन्दा अहिले जुन संक्रमित बिरामीको चाप हो इमरजेन्सी कक्षमा त्यो घट्दो क्रममा रहेको छ ।” महाकाली अस्पतालका कोविड सम्पर्क व्यक्ति डा। गोविन्द रोकायाले भने, “जुन पहिले हाम्रो पैतिस जना सम्म पनि दैनिक बिरामी पुग्ने गरेका थिए, तर हाल आएर भए दैनिक रुपमा दश जना सम्म संक्रमित बिरामी आइरहेको अवस्था छ, त्यसमा पनि संक्रमित भएर आउने बिरामीहरुमा पनि जटिलता भने एकदमै कम देखिएको छ ।”

अस्पताल सँग पछिल्लो अवस्थामा अक्सिजन अभाव पनि गरेको छ । जसका कारण श्वाप्रस्वासको समस्या भई निमोनिया हुने संक्रमित बिरामीको सङ्ख्या पनि कम रहेको डाक्टर रोकायाले बताए ।

अस्पतालमा संक्रमित उपचाररथ बिरामी मध्ये निको हुने बिरामीको सङ्ख्या पनि बढ्दो क्रममा रहेको छ । यसैगरी अस्पताल क्षेत्रमा उपचार गर्दा पुरानो दिन भन्दा स्थिती केही सहज भएको अस्पतालले जनाएको छ ।

यसैगरी स्वास्थ्य कार्यालयले पनि जिल्लामा पछिल्लो केही दिनयता कोरोना भाइरस संक्रमित बिरामीको सङ्ख्या केही घटेको जनाएको छ । स्वास्थ्य कार्यालयका कोविड समपर्क व्यक्ति सिद्धराज भट्टका अनुसार जिल्लामा पछिल्लो दिनहरुमा संक्रमित हुने सङ्ख्या घटेपनि संक्रमणमा भने कमी आएको भन्न नसकिने उनले बताए ।

“भारतबाट पश्चिमी सिमानाका गड्डाचौकी नाका भएर नेपाल फर्कने नेपाली नागरिक रोकिएको अवस्था छैन, तथापी रोकिएको अवस्था नभएपनि एन्टिजिन टेष्ट गर्दा कोरोना पुष्टि हुने दर भने केही घटेको छ ।” कोविड सम्पर्क व्यक्ति सिद्धराज भट्टले भने, “नाका सँग जिल्लाका अन्य स्थानमा गरिएको कोरोना परिक्षणमा पनि कोरोना पोजेटिभ आउने बिरामीको सङ्ख्या विगतको भन्दा केही कम देखिएको छ ।”यसरी हेर्दा समुदाय स्थरमा फैलिएको कोरोना संक्रमणको दर केही कम हुँदै गएको पनि देखिन्छ । यसमा अस्पतालमा उपचाररथ मृत्यु हुने बिरामीको सङ्ख्या पनि कम हुँदै गएको उनले बताए ।

जिल्लामा हालसम्म २० हजार ५ सय ८४ जनाको पिसिआर परिक्षण र ११ हजार ६ सय ४९ जनाको एन्टिजिन परिक्षण गरेर ३२ हजार २ सय ३३ जनाको कोरोना परिक्षण गरिएको छ । जसमध्ये ४ हजार ५ सय ९८ जना पिसिआर परिक्षण मार्फत कोरोना पोजेटिभ भएका छन् भने १ हजार ८ सय ८२ जना एन्टिजिन परिक्षणद्धारा कोरोना पोजेटिभ गरेर जम्मा ६ हजार ४ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी जिल्लामा ८ सय ५ जना पिसिआर मार्फत कोरोना पुष्टि भएका र २ सय ५७ जना एन्जिजिन मार्फत कोरोना पुष्टि भएका गरेर १ हजार ६२ जना एक्टिभ केस रहेका छन् भने हाल सम्म मृत्यु हुनेको सङ्ख्या १ सय ५२ जना रहेको छ यी मध्ये बाँकी संक्रमित भने निको भएका छन् ।