डोटीमा सम विकास केन्द्र नेपालले संक्रमितलाई खाना खुवाउन थाल्यो
2021/05/28, 3:25
 
khana

 डोटीमा कोभिड–१९ संक्रमीतका बिरामीले खाना नपाएको गुनासो बढ्न थालेपछि सम विकास केन्द्र नेपालले संक्रमितलाई खाना खुवाउने कार्यको थालनि गरेको छ । संस्थाले बिहिवारबाट जिल्ला अस्पतालमा खाना खुवाउने कार्य सुरुवात गरेको हो । जिल्लाका दुरदराजबाट आएका संक्रमित तथा संक्रमितका आफन्तले खानाका लागी भौतारीनु नपरोस भन्ने हेतुले आइसोलेशनमा भर्ना भएका बिरामीहरुको सहयोगार्थ २१ दिनसम्मको खाना खर्च व्यहोर्ने सम विकास केन्द्रका अध्यक्ष अधिराज बिसीले बताउनुभएको छ ।

सम विकास केन्द्रको प्रशंसा गर्दै कोरना नियन्त्रण वा व्यावस्थापनका लागी गैरसरकारी संस्थाहरुले विषम समयमा थुप्रै सकारात्मक काम गरेको गैरसरकारी संस्थाका अध्यक्ष रघु कठायतले बताउनु भयो । अहीले जिल्ला अस्पताल डोटीमा दश जना बिरामी रहेका छन । बिरामीलाइ अस्पतालले खाना दिए पनी कुरुवाले बाहीर जानुपर्ने बाध्यता रहेको छ । निषेधाज्ञाको बहानामा आफुहरुलाइ अफ्ठ्यारोमा पारेको बुवाको कुरुवा बसेकी शिखर नगरपालीकी टीकेश्वरी सार्कीले बताउन भयो । आइसोलेशनमा भर्ना भएका संक्रमित र कुरुवाहरुको लागि समेत खानाको व्यवस्था भएको जिल्ला अस्पताल डोटीका मेडीकल सुपरिटेन्ड कृष्ण जोशीले बताए ।

संस्थाले सादा खाना बिरामी र एक जना कुरुवा समेतको खर्च जेठ ३१ गतेसम्म आइसोलेशनमा जे जति संख्यामा बिरामी आए पनि खाना तथा नास्ताको खर्च व्यहोर्ने भएको छ । जसको लागि जिल्ला अ स्पताल डोटी, अस्पताल भित्र रहेको क्यान्टेन र सम विकास केन्द्र नेपालबिच सोमबार त्रिपक्षीय सम्झौता समेत भएको थियो ।