कञ्चनपुरमा सशस्त्र प्रहरीको टोलीमाथि आक्रमण
2021/05/28, 5:35
 
corona

कञ्चनपुरमा सशस्त्र प्रहरीको टोलीमाथि आक्रमण भएको छ । तस्करको समूहले बेलौरी नगरपालिकाको थापाचोकमा बिहिबार राति १० बजेतिर सशस्त्र प्रहरीको टोलीमाथि आक्रमण गरेको जनाएको छ । आक्रमणबाट दुई जवान घाइते समेत भएका छन् ।

भारतबाट अवैध रुपमा ल्याइएको सामान र मोटरसाइल नियन्त्रणमा लिई बोर्डर आउट पोष्टमा ल्याउने क्रममा तस्करको समूहले सशस्त्र प्रहरीको टालीमाथि बिहीबार राति ढुङ्गामुढा प्रहार गरेको सशस्त्र प्रहरी बल नेपाल शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले जानकारी दिएका उनका अनुसार आक्रमणबाट सशस्त्र प्रहरी जवान सोमतराम चौधरी र छडकबहादुर चौधरी घाइते भएका छन् ।

घाइते सोमतरामको अहिले धनगढीको माया मेट्रो अस्पतालमा उपचार भईरहेको जनाएको छ भने अर्का छडकबहादुरको अवस्था भने सामान्य रहेको जनाएको छ ।   सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट थापाचोकबाट सशस्त्र प्रहरी वसन्तबहादुर विष्टको कमाण्डमा खटेको  टोलीमाथि ५० जनाभन्दा बढीको संख्यामा रहेका व्यक्तिले ढुङ्गामुढा प्रहार गरेको जनाएको छ ।  

सशस्त्र प्रहरीको पैदल गस्ती टोलीले बेलौरी–१ वैशाखीस्थित मुख्य सीमा स्तम्भ नम्बर ७७१ (बिओपी २०२०) नजिक भारतबाट अवैध रुपमा नेपालतर्फ सामान ल्याउदै गरेको से १ प ४९२५ नम्बरको मोटरसाइललाई रोक्न खोज्दा सशस्त्र प्रहरी जवान छडक बहादुरलाई ठक्कर दिई घाइते बनाएका थियो ।  छडक बहादुरको हात, खुट्टा, घुँडा र टाउकोमा चोट लागेको छ। आक्रमण गर्नेहरुको खोजी भइरहेको सशस्त्र प्रहरी उपरीक्षक ऐरले बताए।