लामाले गरे मन्त्री पद अस्वीकार
2021/05/28, 7:01
 
dd

मन्त्री बनाउनको लागि नेकपा एमाले, सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहले प्रमुख सचेतक तारा लामा तामाङलाई हटाए पनि तामाङ भने मन्त्री नबन्ने अडानमा छन् । पार्टीको निर्देशनविपरित मन्त्री बन्न  तामाङले अस्विकार गरेका हुन् ।

उनले सभामुखलाई पत्र पठाउँदै तामाङलाई अन्य जिम्मेवारी प्रदान गर्नुपर्ने भएकाले प्रमुख सचेतकको जिम्मेबारीबाट मुक्त गरिएको जानकारी दिए । 

नेपाल कम्युनिष्ट पार्टी एमालेले सुदूर पश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतकमा लाल बहादुर खड्कालाई नियुक्त गरेका छन् । यस्तै सचेतकमा दुर्गा कुमारी कामीलाई चयन गरेका छन् ।