
सुदूरपश्चिम प्रदेशमा शनिबार ४ सय ९० कोरोना संक्रमित थपिएका छन । पिसिआर बिधिबाट गरिएको परिक्षणमा ३ सय ४० र एन्टिजेन बिधिबाट गरिएको परिक्षणमा १ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

शनिबार पिसिआर बिधिबाट १ हजार ५८ र एन्टिजेन बिधिबाट ७ सय १८ नमूनाको कोरोना परिक्षण गरिएको थियो । यो सँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ३८ हजार ८ सय ६३ पुगेको छ । जसमध्ये २२ हजार ८ सय ५१ जनाले कोरोना जितेका छन । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ४५ जनाले कोरोना जितेका छन ।
शनिबार कोरोना संक्रमणबाट सुदूरपश्चिममा ७ जनाको मृत्यु भएको छ । जसमा कञ्चनपुरका ३, कैलाली, डोटी, अछाम र दार्चलाका १÷१ जना रहेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।यो संगै सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ८७ पुगेको छ ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/02/02, 12:06
2023/03/31, 1:58