धनगढी स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार २३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ७४८ नमूना परीक्षण गर्दा २३५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार धनगढीका ३७ जना यस्तै धनगढीबाहेक कैलालीका १५८ जना र अन्य जिल्लाका ४० जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।
हाल अस्पतालमा ४७ जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए। जसमध्ये ३ जना भेन्टिलेटरमा, १३ जना आइसियूमा, ३२जना अक्सिजन सपोर्टमा उपचाररत छन् भने २ जनाको अवस्था सामान्य रहेको जनाएको छ ।
पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट ६ जना निको भई घर फर्किएका छन् भने थप ८ जना अस्पतालमा भर्ना भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए। यस्तै पछिल्लो २४ घण्टामा २ जनाको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।