धनगढीका राजेन्द्र शाहको स्मृतीमा रक्तदान सम्पन्न
2021/05/30, 9:04
 
raktadan

धनगढीको नमोः बुद्ध युवा क्लवले आफ्ना आजिवन सदस्य राजेन्द्र शाहको स्मृतीमा धनगढीमा रक्तदान कार्यक्रम गरेको छ । धनगढी उपमहानगरपालीका वडा नम्बर ७ र वडा नम्बर ८ को संयुक्त क्लब रहेको नमोः बुद्ध युवा क्लवले शाहको स्मृतीमा धनगढी ७ भानुचोकमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो।

आजिवन सदस्य समेत रहेका स्व. शाहको स्मृतीमा आयोजित रक्तदान कार्यक्रममा ३६ पिन्ट रगत संकलन भएको आयोजकले जानकारी दिएको छ । बिश्वभर माहामारिको रुपमा फैलिएको कोरोना भाइरसले ज्यान गुमाइरहेको अवस्थामा रगत अभाब हुने समस्यालाई कम गर्न सुरक्षीत तरिकाले रक्तदान गरीएको जनाइएको छ ।

साथै रक्तदान कार्यक्रममा धनगढी उपमहानगरपालीकाका मेयर नृप बहादुर वड, लगायत बिभिन्न वडाध्यक्ष तथा रक्तदाताहरुको सहभागीता रहेको थियो । नमोः बुद्ध युवा क्लव बिभिन्न सामाजिक गतिबिधीमा सक्रिय हुदै आएको छ ।