बैतडीको जयपृथ्वी राजमार्गमा आज बिहान जिप दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । घाइते हुनेहरुमा बझाङको केदारस्यु गाउँपालिका ३ का १९ वर्षीय सुनिल खाती, केदारस्यु गाउँपालिका २ का २५ वर्षीय भानुभक्त रावल र जिप चालक वित्थडचिर गाउँपालिका ४ का २३ वर्षीय चन्द्र अधिकारी रहेका छन् ।
घाइतेमध्ये जिप चालक अधिकारीको अवस्था गम्भीर रहेको र अन्य २ जनाको अवस्था मध्यम रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । घाइतेहरुले खोडपेस्थित स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि थप उपचारका लागि डडेल्धुरा पठाउने तयारी भएको प्रहरीले जनाएको छ ।
धनगढीबाट बझाङ जान लागेको से १ ज ७२६ नम्बरको जिप आज बिहान साढे ५ बजे जयपृथ्वी राजमार्ग अन्र्तगत बैतडीको पाटन नगरपालिका ८ विन्द्रावनमा दुर्घटनामा परेको हो । जिप सडकबाट १ सय मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन् । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।