
बैतडी : पञ्चेश्वरमा भएको जिप दुर्घटनामा मृत्यु भएका परिवारलाई पञ्चेश्वर गाउँपालिकाले राहत दिने भएको छ । गाउँपालिका वडा नं ६ मा गत वैशाख २० गते चट्याङ लागेर मृत्यु भएका वडा सदस्य गोविन्दसिंह भण्डारीको परिवार र वैशाख २१ गते भएको जिप दुर्घटना परी मृत्यु भएका परिवारलाई राहत दिने भएको गाउँपालिकाले जनाएको छ ।

चट्याङ लागेर मृत्यु भएका वडा सदस्य भण्डारीको परिवारलाई ४ लाख राहत दिने र वडा सदस्य भण्डारीको शव पोष्टमार्टमाका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा भएको जिप दुर्घटनामा परी मृत्यु भएकाहरुको ५ जनाको परिवारलाई प्रतिपरिवार एक लाखका दरले राहत उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिए । तत्कालका लागि मृतकका परिवारलाई ५० हजारका दरले उपलब्ध गराइसकिएको छ ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/25, 3:40
2020/12/17, 7:54
2022/04/07, 6:45
2023/05/07, 11:36