वर्षायाम सुरु भएसँगै कैलालीका नदीमा देखिने थाले डल्फिन 
2021/06/16, 12:53
 
dd

 वर्षायाम सुरू भएपछि कैलालीका नदीमा डल्फिन देखिन थालेका छन्। कर्णाली नदीको सहायक नदी मोहना, कान्द्रा, पथरैया, काँढा, गैरिनालामा डल्फिन देखिन गरेका छन् । वर्षेनी वर्षातको समयमा नदिमा पानीको सतह बढ्दै गएपछि डल्फिन तीन मिटरको दुरीमा हेर्न सकिने डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका महासचिब जय प्रसाद ढुंगाना बताउँछन् । ढुंगानाले  यो वर्ष वर्षातको समयमा दुई वटा भाले पोथी तथा दुई  वटा बच्चाहरु गरि चार वटा डल्फिन देखिएको बताए । 

डल्फिन अवलोकनका लागि टिकापुर ७ मा दुई वटा भ्युटावर , भजनी  ३अमा एक वटा भ्युटावर प्रदेश सरकारको सहयोगमा निर्माण भएको बताए । अध्यक्ष ढुंगानाले भजनी ८ मा नगरपालिकाको सहयोगमा भ्युटावर निर्माणधिन रहेको बताए । डल्फिन अवलोकनका लागि दुई वटा ढुंगा  समेत रहेको छ ।

अध्यक्ष ढुंगानाका अनुसार जथाभावी नदीमा फोहोर फाल्दा प्रदुषण बढ्दै गएको तथा अव्यवस्थित ढल निकास, ठुला ड्याम संरचना निर्माणले संरक्षणमा  चुनौति थपिएको बताए । यसको सही तरिकाले ब्यबस्थापनका लागि तिनै तहका सरकारले गुरुयोजना बनाउन आवश्यक रहेको बताए ।