कैलाली अस्पतालमा आईसियु सेवा सुरु, एनआईसियु सञ्चालनको तयारी
2021/06/20, 9:30
 
corona

सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा अवस्थित कैलाली अस्पतालले आइसियु सेवा सञ्चालनमा ल्याएको छ । अस्पतालले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै ८ बेडको आइसियु सेवा सुचारु गरेको जानकारी दिएको  हो । 

कैलाली अस्पतालले अन्य अस्पतालको तुलनामा सुलभ आइसियु रसेवा मार्फत उपचार गरिने अस्पतालका अध्यक्ष जनकराज जोशीले बताए ।  विगत लामो समयदेखि कैलाली अस्पतालले स्वास्थ्य सेवा दिँदै आइरहेको छ । यस्तै एनआईसियु सञ्चालनको तयारी भईरहेको अस्पतालले जनाएको छ । एक महिनाभित्रै ५ वेडको एनआईसियु सञ्चालनको तयारी भईरहेको अस्पतालका निर्देशक हरि धामीले बताए । 

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा सञ्चालित कैलाली अस्पताल प्रा.लि.ले प्रदेशमै पहिलो पटक मुटु रोग सम्बन्धी उपचार सेवा दिदै आएको छ । अस्पतालले अर्थोपेडिक हाडजोर्नी, ल्याप्रोस्कोपी तथा जनरल सर्जरी, नवजात शिशु तथा बालरोग, मानसिक रोग, मुटुरोग, स्त्री तथा प्रसुती, छाला तथा यौनरोग, नाक कान घाँटी, प्याथोलोजी, रेडियोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे लगायतका सेवाहरु दिदैं आएको छ ।