
नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्र लिमिटेडले क्यान्सर उपचार सेवाको दायरा विस्तार गरेको छ । १ माघदेखि अस्पतालले धनगढीमा क्यान्सर केयर क्लिनिक सञ्चालनमा ल्याएको छ। ‘

क्लिनिकको स्थापना क्यान्सरका बिरामीहरूको उचित हेरचाह सुनिश्चित गर्न र क्यान्सर उपचार सेवाको पहुँचलाई देशव्यापी बनाउनको लागि गरिएको हो,’ अस्पतालले भनेको छ, ‘धनगढी र आसपासका क्षेत्रमा बसोबास गर्ने क्यान्सरका बिरामीहरूले अब उपचार र डाक्टरहरूको परामर्शका लागि काठमाडौं आउनुपर्ने बाध्यता हटेर धनगढीमै सहज सेवा प्राप्त गर्न सक्नेछन्।’
धनगढी—१, हस्पिटल लाइनमा अवस्थित अस्पतालको क्लिनिकले परामर्श, उपचार, र फलोअप सेवाहरू प्रदान गर्नेछ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/07, 1:48
2023/04/27, 11:54