धनगढीको सिपि अस्पतालद्धारा मृगौला तथा मुत्ररोग सम्बन्धी विभाग विस्तार
2021/06/22, 12:48
 
bb

धनगढीको सिपि अस्पतालले मृगौला तथा मुत्ररोग समबन्धि विभाग विस्तार गरेको छ। धनगढी उपमहानगरपालिका ४ चटकपुरस्थित सिपि अस्पतालले सेवाहरु विस्तार गर्ने क्रममा पुर्णकालिन रुपमा मृगौला तथा मुत्ररोग समबन्धि विभाग विस्तार गरेको हो।  पुर्णकालिन रुपमा मृगौला तथा मुत्ररोग सम्बन्धी विभाग विस्तार गरेको अस्पतालका प्रशासनिक निर्देशक विकास मौनीले बताए ।

सेवाको विस्तार भएसंगै मृगौला तथा मुत्ररोग सम्बन्धित समस्याबाट ग्रसित विरामीहरुले सिपी अस्पतालको एउटै छानामुनि सम्पुर्ण सेवाहरु प्राप्त गर्ने भएका छन् । वरिष्ठ मुत्र तथा मृगौला रोग विशेषज्ञ डा. सुमित कर्ण आवासिय रुपमा अस्पतालमा आएपछि यो सेवा सम्भव भएको हो । सामान्यतः मृगौलाको पत्थरीमा ठुला तथा मध्यम छिद्र बनाई शल्यव्रिmया गर्ने विधिहरु Standard PCNL / Mini PCNL विधि प्रचलनमा छ । तर यसको अतिरिक्त पनि अति सानो छिद्र Super mini PCNL  विधिबाट गरिने शल्यक्रियामा विरामीलाई बढि सरल हुने, पिडा कम हुने, रक्तश्राव कम हुने, घाउ छिटो निको हुने तथा विरामीको अस्पताल बसाई कम हुने गरेको डा.कर्णले बताए । 

हाल अस्पतालमा ३ तीन वटै विधिबाट अप्रेशन भईरहेको अस्पतालका प्रशासन प्रमुख हेमराज जोशीले जानकारी दिए । यो सेवा सुचारु भएपछि मृगौला, मुत्रनली, मुत्रथैलीको पत्थरी, प्रोस्टेट सम्बन्धी समस्या भएका विरामीहरुले नियमित रुपमा २४ सै घण्टा धनगढीमै सेवा पाईरहेका छन् । यसै सिलसिलामा धनगढीमै पहिलो पटक सि पि अस्पतालमा ६ सेन्टिमिटरको पत्थरीको शल्यक्रिया गरेको डाक्टर कर्णले बताए । 

सिपि अस्पतालले स्त्री तथा प्रसुति रोग  विभाग पनि विस्तार गरेको छ । वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. निर्मला शर्मा पाण्डेयद्धारा ओ.पि.डि. चेकजँंच तथा शल्यक्रिया सेवाहरु निरन्तर प्रदान हुंदै आईरहेको छ । दुबै सेवाहरु विस्तार भएसंगै अब अस्पतालमा ७ वटा विभाग संचालनमा आएका छन् । जनरल सर्जरी, युरो सर्जरी, जनरल मेडिसिन, अर्थाेपेडिक, गाईने, रेडियोलोजि र फिजियोथेरापी सेवाहरु दैनिक संचालनमा रहेको प्रशासन प्रमुख जोशीले बताए ।

आगामी दिनहरुमा पनि अस्पतालले थप अत्याधुनिक सुविधा सहित नयां विभागहरु विस्तार गर्ने योजनामा रहेको सिपि अस्पतालका अध्यक्ष तथा वरिष्ठ ल्यापारोईन्डोस्कोपिक सर्जन डा. चन्द्रप्रकाश पाण्डेयले जानकारी दिए ।