सेती प्रयोगशालामा बिहिबार २० जनामा कोरोना पुष्टि, ८ जना डिस्चार्ज
2021/06/24, 2:47
 
corona

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बिहिबार २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २२३ नमूना परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार धनगढीका १ जना र कैलाली १९ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । हाल अस्पतालमा १३  जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए ।

जसमध्ये  १ जना भेन्टिलेटर ४ जना आइसियूमा, ७ जना अक्सिजन सपोर्टमा उपचाररत छन् भने २ जनाको अवस्था सामान्य रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट ८ जना कोरोना जितेर घर फर्किएका छन भने ३ जना अस्पताल भर्ना भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । पछिल्लो २४ घण्टामा अस्पतामा कसैको पनि मृत्यु नभएको अस्पतालले जनाएको छ ।