नवजीवन अस्पतालमा नाक कान घाँटी विशेषज्ञ सेवा सुरु
2021/06/24, 3:44
 
dd

धनगढीको नवजीवन अस्पतालमा नाक कान घाँटी विशेषज्ञ सेवा सुरु भएको छ । सुदुरपश्चिम प्रदेशको पहिलो निजि अस्पताल नवजीवनले बिशेषज्ञ सेवा अन्तर्गतको नाक कान घाँटी सेवा थप गरेको हो ।

अस्पतालमा नाक, कान, घाँटीको सम्पुर्ण चेकजाँच उपचार निदान एवम् सम्पुर्ण शल्यक्रिया सुविधा संचालन गरिएको अस्पतालका मेडिकल डाईरेक्टर डाक्टर विदुरमणि ढकालले जानकारी दिए । 

नवजीवन अस्पतालमा स्वास्थ्य बिमा सेवा  समेत दैनिक रूपमा सुचारु भएको छ । यसअघि कोरोना महामारीको रुपमा रोकिएको यो सेवा पनि सुरु गरिएको हो ।

अस्पतालका मेडिकल डाइरेक्टर ढकालले भने–‘हामीले गुणस्तरिय, प्रभावकारी र सस्तोमा सेवा उपलब्ध गराउँदै आएका छौं ।’ उनले अस्पताल पैसाभन्दा पनि सेवामुलक कार्यक्रम अग्रसर भइरहेको बताए ।

1

डेढ दशकदेखि नीजि क्षेत्रको लगानीमा सञ्चालनमा रहेको अस्पतालले समयको आवश्यकता अनुसार सेवाहरु पनि थप गर्दै लगेको छ । मेडिकल डाइरेक्टर ढकालका अनुसार ५० शैयाको सो अस्पतालबाट निःशुल्क प्रसुती सेवा, नेपाल सरकारको स्वास्थ्य विमा कार्यक्रम, निःशुल्क खोप सेवा, निशुल्क क्षयरोगको औषधी वितरण तथा परामर्श प्रदान गर्दै आएको छ ।

हाल अस्पतालमा विभिन्न विशेषज्ञ सेवाहरुमा नाक कान घाँटी सहित हाडजोर्नी, वालरोग, प्रसुती तथा स्त्री रोग, फिजिसियन, जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी, एनेस्थेसिया, रेडियोलोजी, फिजियोथेरापी लगायतका विशेषज्ञ चिकित्सकहरुले सेवा दिईरहेको छ । आईसियु एनआईसियु सेवाका साथै मुटुरोग विशेषज्ञ सेवा पनि अस्पतालमा रहेको छ । 

नवजीवन अस्पतालका सेवाहरु

- विशेषज्ञ ओपीडी सेवा

- हाडजोर्नी तथा नशारोग

- बालरोग

- साइकाइट्रिक तथा नशारोग गृह

- पेट छाती तथा मुटु रोग

- जनरल तथा ल्याप्रोस्पकोपिक सर्जरी

- रेडियोलोजी

- यूरो सर्जरी

- साइकाइट्रिक -

एन्डोक्राइनो एन्ड मेटाबोलिस्म

- नाक कान तथा घाँटी

- छाला कपाल तथा यौन रोग

- आई.सी.यू सेवा / सधन उपचार केन्द्र

-बालबिषेशज्ञ सहितको नवजात शिशु सघन उपचार

- दुर्बिन मेसिन द्वारा पित्त थैली तथा मृगौलाको बिना चिरफार शल्यकृया

-भर्ना भएका बिरामीहरुलाई क्याबिनको सुबिधा

- औषधी सुबिधा

- नि: शुल्क सुत्केरी सेवा सामान्य तथा शल्यकृया विधिद्वारा

- स्वास्थ्य बिमा कार्यक्रम

- श्रम मन्त्रलायमा सूचिकृत वैदेशिक रोजगारीहरुमा जानेहरुको स्वास्थ्य परीक्षण तथा परामर्श

- नि: शुल्क क्षयरोग औषधी

- नि: शुल्क खोप सुबिधा

- अत्याधुनिक प्रयोगशाला

- भिडियो एक्सरे तथा मुटुको जांच

- २४ सै घण्टा एम्बुलेन्स सुबिधा

- आक्स्मिक सेवा २४ सै घन्टा

-चमेना गृह