सुदूरपश्चिमका ६ जना कोरोना संक्रमित निको नभएरै घर पुगेपछि गाउँमा त्रास
2020/06/09, 2:48
 
ghar

सुदूरपश्चिमका ६ जना कोरोना संक्रमित निको नभएरै घर पुगेपछि गाउँमा त्रास वढेको छ । सेती प्रादेशिक अस्पताल धनगढीले सुदूरपश्चिमका ६ जना कोरोना सङ्क्रमितलाइ  निको नहुँदै घर पठाएपछि गाउँमा त्रास बढेको हो । बैतडीका चार र अछामका दुई जना कोरोना संक्रमितलाई निको नहुँदै पठाइएपछि गाउँमा त्रासको अवस्था आएको स्थानीयहरुको भनाई छ । 

d

2

बैतडीको शिवनाथ गाउँपालिका वडा नम्बर १ का २० वर्षीय र २७ वर्षीय पुरुष तथा वडा नम्बर २ का २० र २२ वर्षीय पुरुषलाई घर पठाईएको थियो । उनीहरु सबैलाई घरकै आइसोलेसनमा राखिएको शिवनाथ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्रसिंह महताले बताए । भारतबाट फर्किएका तर संक्रमण पुष्टि नभएकालाई गाउँ पठाउँदादेखि नै त्रास रहेकोमा अहिले संक्रमितलाई नै निको नहुँदै घर पठाइएपछि झनै त्रास फैलिएको महताले जानकारी लिए ।

 

b

b

उता अछामको मेल्लेख गाउँपालिकाका दुई जना संक्रमित पनि गाउँ पुगेपछि त्रास फैलिएको छ ।  दुवै जनालाई घरमै सुरक्षित बस्न भनिएको गाउँपालिकाका अध्यक्ष लोकवहादुर बोहराले जानकारी दिए । अस्पतालले कोरोना निको नहुँदै डिस्चार्ज गरेकोमा उनीहरु धनगढीमै अलपत्र परेका थिए । त्यसपछि फेरी उनीहरुलाई प्रि–आइसोलेसनमा राखिएकोमा दोस्रो दिन गाडीको व्यवस्था भएपछि अस्पतालले घर पठाएको थियो । संघीय स्वास्थ्य मन्त्रालयले कोरोना पुष्टि भएको १४ दिनसम्म पनि कुनै लक्षण नदेखिएमा घर पठाउनसक्ने निर्देशिका जारी गरेपछि सेती अस्पतालले ६ जनालाई डिस्चार्ज गरेको थियो ।