तेस्रो लहरको कोरोना नियन्त्रण गर्न सेती अस्पतालले प्रदेश सरकारसँग माग्यो ५ करोड
2021/07/13, 4:28
 
dd

दोस्रो लहरको कोरोना संक्रमितहरुको संख्या घटेको भएपनि सुदूरपश्चिम प्रदेश सरकारले तेस्रो लहरको कोरोना संक्रमण नियन्त्रणमा चनाखो रहन अस्पतालहरूलाई परिपत्र गरेको छ । त्यसको लागि सेती अस्पतालले सामाजिक विकास मन्त्रालयसँग करिब ५ करोड रकम माग गरेको छ ।

२५ शय्याको आइसोलेसन भवन, सि सी क्यामेरा, अक्सिजन पाइपलाइन आवश्यक जनशक्ति र उपकरणको लागि ४ करोड ९६ लाख २५ हजार ५८० रुपैयाँ माग गरिएको अस्पताल स्रोतले बताएको छ ।

मन्त्रालयले असार ६ गते तेस्रो लहरको कोरोनाबाट बालबालिका बढि प्रभावित हुने भएको भन्दै सेती अस्पताललाई आवश्यक संरचनाको अवस्था र लागत रकम बारे परिपत्र मगाएको थियो । त्यसको जवाफमा अस्पतालले ८ गते करिब ५ करोडको माग गरेको हो ।