माडवारी सेवा समितिद्धारा कोरोना प्रतिरोधी औषधी हस्तान्तरण
2020/06/10, 4:10
 
korona

मारवारी सेवा समिति नेपाल, नेपाल राष्ट्रिय मारवाडी परिषदले कोरोना प्रतिरोधी औषधी हस्तान्तरण गरेको छ । मारवारी सेवा समिति नेपाल, नेपाल राष्ट्रिय मारवाडी परिषदका केन्द्रिय उपाध्यक्ष श्याम सुन्दर तायल र मारवाडी सेवा समिति धनगढीका अध्यक्ष राजेन्द्र अग्रवालले धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई हस्तान्तरण गरेका हुन ।

रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने होमियोप्याथिक औषधी आर्सेनीम एलबुम ३० सि १ हजार ४ सय ५० जनालाई हस्तान्तरण गरेको मारवारी सेवा समिति नेपाल, नेपाल राष्ट्रिय मारवाडी परिषदका केन्द्रिय उपाध्यक्ष श्याम सुन्दर तायलले बताए । मारवाडी सेवा समिति धनगढीका अध्यक्ष राजेन्द्र अग्रवालले यो औषधी आयूर्वेद अनुसन्धान विभागबाट सेवन गर्न प्रमाणित भएको बताए । 

नगरप्रमुख नृपबहादुर वडले प्राप्त कोरोना प्रतिरोधी औषधी धनगढी उप–महानगरपालिकाका क्वारेन्टाईनमा रहेकाहरुलाई खुवाउने बताए । उनले भने, मारवाडी सेवा समितिले हरेक क्षेत्रमा सहयोग पु¥याएको छ वहाँहरुलाई धन्यवाद दिन चाहन्छौं ।