भीमदत्त नगरपालिकाको शिक्षा शाखामा २४ दिनदेखि तालाबन्दी
2021/08/11, 6:09
 
aa

कञ्चनपुरको भीमदत्त नगरपालिकाको शिक्षा शाखामा विगत २४ दिनदेखि तालाबन्दी गरिएको छ। शिक्षा शाखा समितिको गत असार ३१ गते बसेको वैठकले शिक्षक दरबन्दी मिलान गर्ने निर्णय गरेपछि नेपाल शिक्षक संघमा आवद्ध शिक्षकहरुले विभिन्न माग राख्दै साउन ३ गतेबाट शाखा कार्यालयमा तालाबन्दी गरेको शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले बताए।

शिक्षकहरुले तालाबन्दी गर्नुका साथै शाखा कार्यालय अगाडि धर्ना पनि दिइरहेका छन्। तालाबन्दीसँगै धर्ना दिएका शिक्षकहरुले साउन १८ देखि रिले अनसनमा समेत गरेका छन्। शिक्षा तथा मानव स्रोत विकास केन्द्रको शिक्षक दरबन्दी मिलान कार्यविधि २०७६ विपरित मनपरी ढंगले दरबन्दी मिलान गरेको भन्दै उनीहरु आन्दोलित भएका हुन्।

शाखामा तालाबन्दी गर्दा शिक्षकहरुको कार्य सम्पादन मुल्यांकन, शिक्षकहरुको तलब लगायत अन्य काममा पनि प्राभाव परेको शिक्षा शाखाले जनाएको छ।