कञ्चनपुरमा हाल १२५ जना कोभिड सक्रिय सङ्क्रमित रहेका छन्। सङ्क्रमण देखिएका मध्ये १२२ होम आइसोलेशन र तीनको आइसोलेशनमा उपचार भइरहेको छ।
स्वास्थ्य कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार जिल्लामा दैनिक १० देखि १५ जनासम्ममा कोरोना सङ्क्रमण देखिन थालेको छ। वैशाखदेखि हालसम्म जिल्लाका सात हजार ६१ जनाको पिसिआर जाँच गरिएकामा तीन हजार ८४२ मा सङ्क्रमण देखिएको थियो। तीमध्ये तीन हजार ६०६ सङ्क्रमणमुक्त भएका छन्।
यसैगरी ३० हजार ३५९ जनाको एन्टिजेन परीक्षण गरिएकामा दुई हजार ४६९ को नतिजा पोजेटिभ आएको थियो। कोरोनाको पहिलो र दोस्रो लहरमा गरी हालसम्म आठ हजार २३९ जनामा सङ्क्रमण देखापरेकामा सात हजार ९०८ सङ्क्रमणमुक्त भएका र १८८ को मृत्यु भएको छ।
2025/01/19, 6:09
2025/01/19, 6:06
2025/01/19, 6:04
2025/01/19, 6:01
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/14, 3:07
2022/05/27, 7:01
2023/08/04, 7:59
2020/05/31, 7:52