लकडाउनमा सबै व्यवसाय बन्द हुँदा सन्जयको आँटले जन्मिएको मार्ट 
2021/08/18, 3:52
 
dd

सीताराम ओझा\प्रदीप पाठक- पहिलो लकडाउनले सबै व्यापार ठप्प भएपछि फुराएको नयाँ व्यवसायको योजना । दोस्रो लकडाउनमा नयाँ व्यवसायको चाँजोपाचो सहित सबै तयार भएर सञ्चालन सुरु गरेको व्यवसाय । तेस्रो लकडाउन भयो भने त्यसका लागि अब बन्द गर्न नमिल्ने व्यवसायले दिने राहत । अब तेस्रो लकडाउन भयो भने धनगढीका व्यवसायी सन्जय चौधरीलाई पहिलो र दोस्रो लकडाउनमा जस्तो समस्या हुने तनावबाट छुटकारा मिल्नेछ ।

3

सबै व्यवसाय बन्द भएपनि अतिआवश्यक खाद्यान्न लगायतका सबै सामाग्री सहितको एसएनएस मार्ट भने खोल्न पाईने छ । गर्विलो ईतिहास बोकेको चौधरी बुक डिपोलाई समय अनुसार परिवर्तन गर्दै लगानी र सेवा थपेर व्यवसायी चौधरीले धनगढीमा ७ करोडको लगानीमा एसएनएस मार्ट सञ्चालनमा ल्याएका छन् । विकसित बजारमा मार्टको प्रतिस्पर्धामा अलग्गै पहिचान सहित टिक्ने र बिक्ने आत्मविश्वासका साथ उनले सुरु गरेका छन् एसएनएस मार्ट । धनगढीको अस्पताल लाईनमा ५५ वर्षदेखि सञ्चालित चौधरी बुक डिपोको कम्प्लेक्समा एसएनएस मार्ट केही दिन पहिलेदेखि सञ्चालनमा आएको हो ।

पुस्तक, खेलकुद सामाग्रीसँगै क्याफे
सुदूरपश्चिमकै पहिलो पुस्तक पसलका रुपमा चिनिने चौधरी बुक डिपोका सञ्चालक सन्जय चौधरीले पुस्तकसँगै मार्ट र रेष्टुरेण्ट व्यवसायमा समेत हात हालेका छन् । परम्परागत रुपमा चौधरी बुक डिपोले दिदैं आएका सेवाहरुलाई थप विस्तार गर्दै मार्ट क्याफे र बेकरी सेवा थपिएको छ । विगतको पहिचान सहित अन्तराष्ट्रियस्तरका ब्राण्ड तथा आफ्नै उत्पादनका बेकरीहरुको सेवा सहित मार्टले ग्राहकको सन्तुष्टि मेट्न थालेको छ । 

2

पाँच तारे होटेलमा पाईने रेष्टुरेन्ट र बेकरी सेवा 
मार्टसँगै अत्याधुनिक क्याफे र बेकरी सेवा पनि थपिएको छ । क्याफे तथा रेष्टुरेन्टमा पाँच तारे होटेलको स्वाद दिन थालिएको छ । ‘धनगढीका बासिन्दालाई काठमाडौँका तारे होटलको स्वाद दिने हाम्रो कोसिस हो । हामीसँग अनुभवी र नेपालका तारे होटलहरुमा काम गरिसकेका सेफहरु छन् । जसले स्वादिष्ट परिकारहरु पस्किरहेका छन् ।’

2

चौधरी अगाडी थप्छन्–‘एक साथ ७५ जना अट्ने क्षमताको रेष्टुरेण्ट भित्र बेकरीका साथै भेज तथा ननभेजका परिकारहरुको स्वाद लिने व्यवस्था मिलाएका छौ ।’ त्यति मात्रै होईन क्याफेमा मन परेको परिकारसँगै मन परेको पुस्तक छानेर पढ्न पाईने सुविधा छ । क्याफेसँगै आफ्नै उत्पादनका बेकरीका परिकारहरुलाई पनि जोड दिईएको छ । ताजा तथा गुणस्तरीय बेकरीका परिकारहरु आफै उत्पादन गरेर विक्री वितिरण गर्न थालिएको छ ।

1

एसएनएस मार्टमा मात्रै पाईन्छ अन्त पाईदैंन
एसएनएस मार्टमा अन्य मार्ट तथा डिपार्टमेन्टल स्टोरहरुमा नपाईने सामान र  ब्राण्डहरु पनि पाउन थालेका छन् । सन्जयका अनुसार खेलकुद सामाग्रीहरुका साथै केल्मी, युनेस्को कावालस्की लगायतका ब्राण्डका उत्पादनहरु अब धनगढीमै पाउने सुविध दिईएको छ ।

3

स्वीडेनका कस्मेटिक उत्पादनहरु पनि एसएनएस मार्टमै उपलब्ध छन् । धनगढीमा अन्य मार्ट डिपार्टमेन्टल स्टोरहरु रहेको अवस्थामा केही यस्ता सामानहरु छन जो एसएनएस मार्टमा मात्रै पाईन्छन् । जस कारण ती सामानहरुका लागि मार्टमा आउनुपर्ने हुन्छ । 

1

एकै छाना मुनि सबै सेवा र छुटमाथि छुट 
ग्राहकहरुले एकै छाना मुनि सबै किसिमको सेवा लिन सकिने उनले बताए । मार्ट सुरु भएको केही दिन मात्रै भएकोले ग्राहकहरुलाई कतिपय सामानमा ५० प्रतिशत छुट र कतिपय सामान एउटा खरीद गर्दा अर्को सित्तैमा पाउने सुविधा रहेको छ । आगामी दिनमा पनि सस्तो मुल्यमा गुणस्तरीय सामाग्री पाउने सुविधालाई निरन्तरता दिने सोचमा छन् उनी । मार्टमा महँगो सामानलाई सस्तोमा दिएर सीमावर्ती बजार जाने ग्राहकलाई यतै रोक्नु उनको ध्येय रहेको छ । 

२५ हजार भेराईटी ४० जनालाई रोजगारी
सन्जयका अनुसार एसएनएस मार्टमा हाल २५ हजार भेराईटीहरु उपलब्ध छन् । यो संख्या अझ थपिदै जानेछ । मार्टमा ४० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । मार्टलाई आगामी दिनमा थप विस्तार गर्दै लैजाने योजनामा रहेका छन सन्जय । जसकारण रोजगारी पाउनेको संख्या पनि थपिनेछ । 

2

सीमावर्ती भारतीय बजार जाने क्रम रोक्ने लक्ष्य
३० बर्षदेखि बुबाले सुरु गरेको व्यवसाय सम्हाल्दै अगाडी बढिरहेका सन्जय सस्तोको लोभमा सीमावर्ती भारतीय बजार जाने तर आफु ठगिएको थाहा नपाउने धनगढीवासीलाई यही रोक्न सकेमा त्यसलाई ठुलो सफलता हुने भन्छन् । सीमावर्ती बजार जाँदा हुने दुव्र्यवहारका साथै गौरीफन्टा बनगाउँ र पलिया जानेहरुलाई सस्तोमा सामान दिएर यही रोक्ने लक्ष्य उनले राखेका छन् ।

1

भारतीय सीमवर्ती बजारको निर्भरता हटोस भनेर त्यहाँभन्दा सस्तोमा सामान मार्टमा उपलब्ध गराईरहेको उनी बताउँछन् । भारतीय उत्पादनहरुलाई त्यसको मुल्यमा अझ २५ प्रतिशतसम्म छुट राखेर दिईरहेको उनी बताउँछन् । चिनी बाहेक सबै सामान निकै सस्तोमा दिन सकिने उनको दावी छ । नितिगत व्यवस्थाक कारण चिनीको भन्सार महँगो भएकोले सस्तोमा दिन नसकिने अवस्थामा अझ गर्न सकिने कम मुल्य राखेर दिईरहेको  उनले बताए ।

2

उनी थप्छन्–‘हामीले भन्सार तिरेर चिनी ल्याउँदा ८१ रुपैयाँ परिरहेको छ । हामी त्यसलाई प्याक गरेर ८२ रुपैयाँमा बेचिरहेका छौं । यसमा नितिगत समस्या छ । तर पनि हामीले दिन सकिने अवस्था भनेको नाफा नखाएर दिने हो । दिईरहेका छौं । परनिर्भरता हटाउन सक्यौ भने त्यो हाम्रो ठुलो उपलब्धी हो । 

1

अब बुक मार्ट र चिल्ड्रेन मार्ट
एसएनएस मार्टपछि सन्जयको अबको योजना बुक मार्ट र चिल्ड्रेन मार्ट रहेको छ । एउटा सम्पुर्ण प्याकेज दिने सोच बनाएका छन् । हुन त अहिले क्याफेभित्र बुक छ । पढ्न सकिन्छ । तर अबको बुक मार्टमा बुकैबुकभित्र क्याफे हुनेछ । उनले राम्ररी बुझेका छन् पढ्ने बानी कम भईसकेको छ । डिजिटल समयका कारण सबै कुरा एक क्लिकमै छ । तर उनी चौधरी बुक डिपोको विरासतलाई जीवन्तता दिदैं मौलिकता झल्काउन बुक मार्ट सञ्चालनको तयारीमा छन् ।

2

सबैको रहर पुरा गर्ने सपना देखिरहेका छन उनले । बालबालिकाहरु खेल्न रमाउँछन् । त्यसका लागि चिल्ड्रेन मार्टको अवधारणा अघि सारेका छन् । किन्नका लागि मार्ट, खानका लागि क्याफे तर खेल्नका लागि कहाँ ? यही प्रश्नको ज्ञिज्ञासा मेटाउन नयाँ कन्सेप्ट सहित चिल्ड्रेन मार्ट बनाउने गृहकार्यमा लागेका छन् । 

2

यसरी जन्मियो एसएनएस मार्ट 
कोरोना महामारीका कारण पहिलो लकडाउनमा सन्जय धेरै सयम काठमाण्डौंमा फसे । उनले गर्दै आएका सबै व्यापार ठप्प भयो । स्टेशनरी, पब्लिकेशन र होटेल व्यवसाय गर्दै आएका उनी सबै बन्द हुँदा आफु त समस्यामा परे नै काम गरिरहेका कामदारहरुको बारेमा पनि सोचे । लडकडाउनकै बेला काठमाण्डौंको नाम चलेको डिपार्टमेन्टल स्टोरमा मानिसहरुको लाईन देखे ।

2अतिआवश्यकीय सामानहरु लिनका लागि मानिसहरुले तछाडमछाड गरिरहेको देखे । त्यही लकडाउनका बेला नै एसएनएस मार्टको परिकल्पना गरे । हुन त यो व्यवसाय गर्ने सोच धेरै पहिलेदेखि नै थियो । तर उनले व्यवसायिक ब्यस्तताले काम अगाडी बढाउन सकेका थिएनन । जब सबै व्यवसाय बन्द भएर आफुसँगै आफ्नो व्यवसायमा संग्लन रोजगारदाताहरु समस्यामा परेको कुराले पिरोलिरह्यो ।

3

अनि धनगढी फर्किएर पहिलो लकडाउनमा जसरी पनि अतिआवश्यक दैनिक उपभोग्य वस्तुहरुको व्यवसाय सुरु गर्ने सोचलाई दोस्रो लकडाउनमा पुरा गरे । चौधरी बुक डिपो नै रहेको भवनमा योजना अनुसारको संरचना बनाए । तेस्रो चरणको लकडाउन हुनु अघि नै सञ्चालनमा ल्याए । 

मार्टको नाम यसकारण एसएनएस
बुबा सत्यन्द्र नारायण चौधरीले पारिवारिक पृष्ठभुमीमै चौधरी बुक डिपो नाममा व्यवसाय सुरु गरे । घरका एक्ला छोरा हुन् सन्जय । मार्टको नाम एसएनएस मार्ट राख्नुको कारण पनि घर परिवारका सबै सदस्यहरुको नाम समेट्नु रहेछ । आमाको नाम मात्रै फरक अक्षर एन बाट । आमा नमिता बाहेक सबैको नाम एसबाट । त्यही भएर मार्टको नाम नै एसएनएस मार्ट राखिएको सन्जय बताउँछन् । श्रीमति सारिका, छोरा सिद्धार्थ र छोरी सिद्धिका । बुबा हुदैं छोरा छोरीहरुको पारिवारिक पृष्ठभुमीले नै मार्टको नाम जुराएको हो एसएनएस मार्ट ।

2

पुस्तकालय हुदैं पुस्तक पसल बनेको चौधरी बुक डिपो
सन्जयका बुबा सत्यन्द्र नारायण तत्कालीन समयको गोमती स्कुलका संस्थापक प्रिन्सिपल । उनको तलब थियो एक सय ५० रुपैयाँ । गोमती स्कुलबाट नै अलग भएर खोलिएका हुन् अहिलेका त्रिनगर र पञ्चोदय स्कुल । विंस २०१९ सालमा सत्यन्द्र नारायणले विद्यार्थीहरुलाई पठनपाठनको लागि समस्या भईरहेको देखे । त्यही भएर उनले सबैलाई सहजताका लागि पुस्तकालय सुरु गरे ।

1

विद्यार्थीहरुलाई त्यसले राहत मिल्यो । उनी स्कुलबाट रिटायर्ड भएपछि पुस्तकालयले चौधरी बुक डिपोको रुप लियो । जुन डिपोको ईतिहास ५५ बर्ष पुरानो छ । यो नै सुदुरपश्चिमको सबैभन्दा पुरानो पुस्तक पसल हो । रिटायर्ड जीवन बिताउन सत्यन्द्र नारायणले परिकल्पना सहित सुरु गरेको व्यवसायलाई उनका छोरा सन्जयले अहिले नयाँ उचाई प्रदान गरेका छन् । 

व्यवसायी बनाउने जीवनको त्यो टर्निग प्वाईन्ट
सन्जय अहिले सुदुपश्चिमका नाम चलेका व्यवसायीमध्येका एक हुन् । तर उनी व्यवसायी बन्नुको कथा पनि बेग्लै छ । उमेरले १८ बर्षका मात्रै थिए सन्जय । सिए पढ्नका लागि अष्टे«लिया जाने तयारीमा थिए उनी । त्यसका लागि भिषा पनि लागिसकेको थियो उनको । तर त्यही बेला बुबा सत्यन्द्र नारायणको निधन भयो । त्यसपछि दोधारमा अल्मलिए उनी । बुबाले सुरु गरेको व्यवसायलाई शुन्यतामा पारेर सिए पढ्न विदेश जाने की बुबाले थालेको पुस्तक पसलको विडो थामेर अगाडी बढ्ने । धेरै दिनसम्म केही सोच्न सकेनन् उनले ।

2

शिक्षा क्षेत्रमा गरेको योगदानका कारण उनका बुबालाई प्रायः धनगढीका धेरैले चिन्थे । व्यवसायले पनि सम्बन्धहरु विस्तार भईसकेको थियो । तर बुबाले संसार छोडेपछि १८ बर्षे किशोरलाई धेरैले सल्लाह सुझाव र सहानुभुती दिए ।

1

अन्ततः एउटा निर्णयमा पुगे अब विदेश होईन बुबाकै व्यापारलाई अगाडी बढाउने । घर परिवारका पनि एक्ला । कसरी अगाडी जाने केही थाहा थिएन् । व्यापारको ज्ञान पनि शुन्य जस्तै । तर आफ्नै आँट र क्षमताले विस्तारै विस्तारै सफलताका सिडीहरु चढ्दै अगाडी बढेका हुन सन्जय । जुन पाईलाहरुले आजको यो अवस्थासम्म ल्याई पुराएको छ । 

1

कलिलो उमेरमा परिपक्कताको उदाहरण
सानो उमेरमा सिक्दै गर्दै अगाडी बढेका सन्जयले एकल निर्णयले सक्दो सही गर्दै गएका कारण सफल भएको महसुस गर्छन् । २२ बर्षको उमेरमा उनी कैलाली उद्योग वाणिज्य संघको सल्लाहकार भए । तत्कालीन अध्यक्ष दामोदर भट्टले उनलाई सल्लाहकार बनाएपछि उनले अग्रज व्यवसायीहरुसँग चिनजान हुने मौका पाए ।

1व्यवसायीहरुकै संगतले धेरै कुराहरु सिके । झण्डै १० बर्ष त उनलाई व्यवसाय सिक्न नै समय लाग्यो । त्यो सल्लाहकार हुन पाएकोमा गर्व लाग्छ उनलाई । यदि त्यो नभईदिएको भए उनी आजको दिनसम्म आईपुग्थेनन् की ? व्यवसायले सफलता पाउने थिएन की ? तर जे हुन्छ राम्रोकै लाग्छ हुन्छ भनेझैं भयो उनलाई । जसले ३० बर्षदेखि निरन्तर त्यही व्यवसायमा अग्रणी भएर टिकिरहेका छन सन्जय । 

1

पुस्तक व्यवसायले दिलाएको सफलता 
४८ बर्षीय सन्जय चौधरीलाई पुस्तक व्यवसायले निकै सफलता दिलाएको छ । विभिन्न पब्लिकेशनहरुका साझेदारसँगै देश विदेशमा व्यवसाय विस्तार गर्न सफल भएका छन् । देशकै नाम चलेका आठराई, ओएसिस लगायतका आधा दर्जन बढी पब्लिकेशनका अध्यक्ष छन् उनी ।

2

चितवनमा कपी उद्योग छ । धनगढीमै होटेल व्यवसाय पनि छ जुन पाँच तारे बनाउनतिर लागिरहेका छन् उनी आफ्ना अरु दुई जना साझेदारहरुसँगै । विदेशमा पनि होटेल तथा पर्यटन व्यवसायमा उनले लगानी लगाएका छन् । 

1

सामाजिक कामहरुमा सधैं अगाडी
सन्जय चौधरीले व्यवसायबाट जति सफलता हात पारेका छन त्यो सबै यही समाजबाट भएको हो भन्ने ठानेका छन् । त्यही भएर सामाजिक कामहरुमा उनी कहिल्यै पछि गर्दैनन् । जहिले पनि तयार हुन्छन् । केही समय अगाडी उनले धनगढीमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि २० लाख सहयोग गरेका थिए । अन्य सामाजिक कार्यहरुमा पनि उनी सधैं तयार हुदैं सहयोग गर्दै आएका छन् । उनले अब धनगढीमा मुटु फाउण्डेसन स्थापना गर्ने योजना बनाएका छन् ।

2

नेपाला नाम चलेका डाक्टरहरुबाट नसक्नेलाई निशुल्क र सक्नेलाई शुल्क सहितको मुटु उपचार सेवाका लागि लागिरहेका छन् । उनलाई राम्ररी थाहा छ की विरामीहरुमध्ये ४० प्रतिशत मुटुरोगीहरुको सेवा गर्न सकेमा धेरैले अकालमै ज्यान गुमाउनबाट जोगाउन सकिन्छ ।  

2