
दार्चुला कारागारमा कर्तव्य ज्यान मुद्दाका अभियुक्तको संख्या सबैभन्दा बढी पाइएको छ। हाल कारागारमा कर्तव्य ज्यान मुद्दाका अभियुक्त १९ जना रहेको कारागार प्रमुख विरेन्द्र सिह धामीले बताए।

कर्तव्य ज्यानपछि कारागारमा जबरजस्ती करणीका अभियुक्तको संख्या बढी रहेको बताइएको छ। जबरजस्ती करणीका १०, लुटपाट चोरीका ६, जबरजस्ती करणी उद्योगका २, बालविबाह र बहुविबाहका १ /१, वन्यजन्तु ओसारपोसारका ३, लागु औषधका १, सवारी दुर्घटनाका २, जबरजस्तीकरणी र बालविवाहका ३/३ जना र बहु विवाहका ४ जना गरी ५५ जना कैदी रहेको जेलर धामीले बताए।
कारागारमा २५ जना पुरुष र १५ जना महिला गरी ४० जनाको क्षमता भएपनि हाल कारागारमा ५५ जना कैदीबन्दी रहेका छन्।

2025/07/21, 11:51
2025/07/21, 11:49
2025/07/21, 11:46
2025/07/21, 11:43
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/09/20, 5:14
2020/08/28, 8:07
2021/05/28, 5:35
2022/01/09, 12:11
2023/09/22, 1:15