
दार्चुलामा ढुङ्गा खस्दा दुई वटा गाडीमा क्षति पगेको छ । मार्मा गाउँपालिका -३ को रिलपहिरो क्षेत्रमा रोकिएर राखिएका दुई वटा गाडीमा क्षति पगेको हो । सडकमाथिबाट ढुङ्गा खस्दा बा २१ च ७२७९ नम्बरको स्कारपिओ र से १ ज ८४९ नम्बर बुलेरो जीपमा क्षति पुगेको हो ।

रिलपहिरोमा पिहरो भन्दा वरै रोकेर राखिएका गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्र बहादुर चन्दले जानकारी दिए ।

स्कारपिओ चालक कञ्चनपुरका गणेश भटट, र बोलेरो चालक बैतडीका सन्तोष जागरी भने सकुसल रहेका छन् । यात्रुको प्रतिक्षामा रहेका दुवै गाडीको अगाडि पट्टीको भागमा क्षति पुगेको छ ।
2025/07/22, 12:46
2025/07/22, 12:43
2025/07/22, 12:41
2025/07/22, 12:40
2025/07/22, 12:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/17, 7:05
2020/10/21, 5:32
2021/12/21, 9:31
2023/01/02, 12:24