कोरोना आशंकामा भर्ना भएका १२९ जना डिस्चार्ज
2020/05/11, 7:01
 
kororna

सुदूरपश्चिमका विभिन्न अस्पतालमा कोरोना आशंकामा भर्ना भएका एक सय २९ जना डिस्चार्ज भएका छन । सेती प्रादेशिक अस्पतालबाट थप पाँच जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् भने प्रदेशभरीका १५ वटा अस्पतालबाट अहिले सम्म एक सय २९ जना बिरामी डिस्चार्ज भएका हुन् । सेती प्रादेशिक अस्पतालबाट अहिले सम्म ४९ जना, बयलपाटा अस्पताल अछाम र डडेल्धुरा अस्पतालबाठ १४÷१४ जना डिस्चार्ज भएका छन । यस्तै जिल्ला अस्पताल अछामबाट ११ जना डिस्चार्ज भएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार महाकाली अस्पतालबाट ८, जिल्ला अस्पताल डोटीबाट ६, जिल्ला अस्पताल बैतडी र गोकुलेश्वर अस्पतालबाट ५र५, जिल्ला अस्पताल बाजुरा र भजनी स्वास्थ्य केन्द्राबाट ४र४, चौमला स्वास्थ्य केन्द्रबाट ३, टीकापुर र जोगबुढा अस्पतालबाट २÷२, जिल्ला अस्पताल बझाङ र कोल्टी स्वास्थ्य केन्द्रबाट एक एक जना शंकास्पद बिरामी डिस्चार्ज भएका हुन । 


उनीहरुलाई कोरोनाको आशंकामा अस्पतालको आईसोलेसमा राखिएको तर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको निर्देशनलयले जनाएको छ । अहिले सुदूरपश्चिका विभिन्न अस्पतालमा एक सय ६३ शैयाको आईसोलेसन स्थापना भएकोमा सबै आईसोलेसन खाली छन । निर्देशनालयका अनुसार कोरोना आशंकामा कसैलाई पनि अहिले आईसोलेसनमा भर्ना गरिएको छैन् । यस्तै सुदूरपश्चिम प्रदेशमा पाँ जनामा कोरोना पुष्टि भएकोमा पाँचै जना डिस्चार्ज भईसकेका छन् । धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय युवक, उनकी ३४ बर्षीय भाउजु, लम्की चुहा नगरपालिकाका २१ बर्षीय युवक, लम्की चुहा नगरपालिका वडा नम्वर १ की ६१ बर्षीय महिला र कञ्चनपुरको बेदकोट नगरपालिकाका ४० बर्षीय पुरुष अस्पतालबाट डिस्चार्ज भईसकेका हुन ।