
धनगढी उपमहानगरपालिकाले १९ ओटै वडामा असोज १० गते (आज) देखी कोभीड-१९ विरुद्धको पहिलो मात्राको भेरोसिल खोप लाउने भएको छ ।

उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण बहादुर बोहराले उपमहानगरपालिकाका १९ वडाका २२ स्थानबाट कोभिड-१९ विरुद्धको भेरोसिल खोप लाउने कार्यक्रम रहेको बताए । उनले खोप लाउनका लागि अनलाइन दर्ता भने आवश्यक रहेको बताए ।
आज देखि ११ गतेसम्म लगाउने खोपको लागि ४५ बर्ष भन्दा माथिका नागरिक र १८ बर्ष माथिका खोप लाउन छुटेका विद्यार्थीहरू मुख्य प्राथमिकतामा रहेको बताए । बिद्यार्थीको हकमा बिधालय तथा विश्व बिधालयले जारी गरेको परिचयपत्र लिएर आउनुपर्ने स्वास्थ्य शाखा प्रमुख बोहराले बताए ।

उनले वडानम्बर १८ र १९ भने असोज ११ र १२ गते खोप लाउने बताए ।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/01/02, 1:53
2021/08/11, 3:19
2022/05/21, 2:07
2023/07/21, 11:07