बझाङको थलारा गाउँपालिकाको स्वास्थ्य शाखामा आगलागी
2021/11/18, 4:01
 
da

बझाङको थलारा गाउँपालिका स्वास्थ्य शाखामा विद्युत सर्ट भई आगलागी भएको छ। आज बिहान ११ः३० बजे विद्युत सर्ट भई स्वास्थ्य शाखाको स्टोरमा आगलागी हुँदा शाखामा भण्डारण गरिएका सामान र भवन जलेर नस्ट भएको छ।

आगलागीबाट गाउँपालिकाको स्वास्थ्य शाखामा भवनसँगै भवनभित्र भण्डारण गरिएको औषधि, सर्जिकल सामान, एक ल्यापटप, प्रीन्टर, ५ वटा डेस्कटप स्वास्थ्य चौकीलाई वितरण गर्न ल्याइएका, ३ बस्ने कोठामा रहेका ओढ्ने ओछ्याउने, लगाउने कपडा, सबै सामान जलेर पूर्ण रुपमा नष्ट भएका गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत पदम ओलीले बताए। 

११ः३० बजेबाट सल्केको आगो गाउँपालिकाका कर्मचारी, जनप्रतिनिधि, स्थानीय र प्रहरीले नियन्त्रणमा लिएको थियो। आगलागीबाट स्वास्थ्य शाखाको भवन पूर्ण रुपमा जलेको छ। गाउँपालिकाले उक्त भवन भाडामा लिएर स्वास्थ्य शाखा सञ्चालन गरिरहेको थियो। क्षतिको विवरण संकलन भईरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।