प्याब्सन कैलालीको अध्यक्षमा शाह
2021/12/19, 11:55
 
ss

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन० कैलालीको अध्यक्षमा टोपेन्द्रवीर शाह चयन भएका छन्। शनिबार भएको १४औँ जिल्ला अधिवेशनबाट शाह अध्यक्षमा चयन भएका हुन्। 

त्यस्तै, उपाध्यक्षमा डिल्लीराज देवकोटा चयन भएका छन् भने दुई उपाध्यक्षमा पदम साउद र जयकृष्ण तिमिल्सेना चयन भएका छन्। सचिवमा चेतराज देवकोटा, सहसचिवमा मोहन खत्री र गोविन्द सेडाई, कोषाध्यक्षमा देव कुँवर र सहकोषाध्यक्षमा सूर्यबहादुर डाँगी चयन भएका छन्।

यस्तै, भूगोल सदस्यमा डम्मरदत्त जैसी (भजनी), तेजराज कुँवर (टीकापुर), तप्त चलाउने (लम्कीचुहा), हिरादत्त भट्ट (अत्तरिया), राधेश्याम कठरिया (जोशीपुर), झपट सोडारी (जानकी), जगन्नाथ जोरा (धनगढी) चयन भएका छन्। यस्तै, खुला जिल्ला सदस्यमा विक्रम शर्मा, रामप्रसाद उपाध्याय, रामचन्द्र शाही, डिकेन्द्रजंग कुँवर र मोहनराज अर्याल चयन भएका छन्।