
सामाजिक विकास मन्त्रालय मार्फत धनगढीमा निर्माण भईरहेको कोरोनो अस्पतालको निर्माण अन्तिम चरणमा पुगेको छ । ९४ लाख ६ हजार रुपैयाको ठेक्का सम्झौतामा किनारा कन्स्ट्रक्सले निर्माण गरिरहेको कोरोना अस्पतालको निर्माण कार्य ९६ प्रतिशत सम्पन्न भएको स्वास्थ्य कार्यालय धनगढीका प्रमुख लालबहादुर धामीले बताए ।

उनले ढोका जोड्ने, बाथरुममा धारा र बेसिन जोड्ने बाहेकाका सबै काम सम्पन्न भईसकेको बताए । पेन्ट लगाउने कार्य भने अन्तिम चरणमा पुगेको धामीले जानकारी दिए । एक महिना भित्र निर्माण सम्पन्न गर्नुपर्ने लक्ष्य अनुसार निर्माण भईरहेको र तोकिएकै अबधिमा निर्माण पुरे हुने धामीले बताए ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/24, 5:30
2021/08/31, 10:08
2022/06/29, 3:28
2023/10/13, 10:02