डाक्टर गोविन्द केसी बैतडीमा
2020/05/12, 9:47
 
dr kc

चिकित्सा क्षेत्र सुधारका अभियन्ता डाक्टर गोविन्द केसी बैतडी पुगेका छन । समग्र सुदूरपश्चिमको स्वास्थ्य अवस्था बुझ्न आएका उनी बैतडी पुगेका हुन् ।  उनी २ दिनसम्म बैतडी बस्नेछन् । 


यस क्रममा उनले जिल्लाको स्वास्थ्य वस्थाबारे बुझ्ने जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीले जानकारी दिए ।  साथै त्यहाँ बिरामीको निःशुल्क उपचार गर्ने उनले बताए । २ दिन बैतडीमा बसेपछि उनी दार्चुला जाने कार्यक्रम रहेको छ । 


यसअघि डा केसी वैशाख २५ गतेदेखि बझाङ जिल्ला अस्पतालमा रहेर बिरामीको उपचार गरिरहेका थिए । त्यसअघि उनी फागुन २० गतेदेखि वैशाख २५ गतेसम्म डडेल्धुरा अस्पतालमा रहेका थिए ।