अब ३ नम्बर वडाबासीले घरदैलोबाटै स्वास्थ्य सेवा पाउने : मेयर वड
2022/01/11, 2:39
 
ss

नागरिकहरूलाई स्वास्थ्य सेवामा सहज पहुँच गराउने उद्देश्यले निर्माण गरिएको आधारभूत स्वास्थ्य केन्द्रको उदघाटन गरिएको छ। धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडले वडा नम्बर ३ मा निर्माण गरिएको आधारभूत स्वास्थ्य केन्द्रको उदघाटन गरेका छन ।

स्वास्थ्य भवन उदघाटन गर्दै मेयर वडले सम्पुर्ण नगरबासीलाई स्वास्थ्य सेवामा सहज पहुच होस भन्ने उद्देश्यले सम्पुर्ण वडाहरुमा स्वास्थ्य सेवा दिने गरि कार्यहरू भैरहेको बताए । धनगढी उपमहानगरपालिकाका १९ वडा मध्ये वडानम्बर १, २ र ४ बाहेकका सबै वडामा स्वास्थ्य भवन निर्माण भै सो वडाका वडा बासीहरुले सेवा लिईरहेको बताए ।

बाकी रहेका वडाहरु मध्ये वडा नम्बर २ र ४ मा जग्गा नभएका कारण स्वास्थ्य भवन बनाउन नसकिएको बताउदै जग्गा प्राप्ति लगतै भवन निर्माण गरि स्वास्थ्य सेवा सुचारु गरिने मेयर वडले बताए ।