कोरोना खोप कार्ड अनिवार्य पछि केही दिन यता धनगढीमा पनि कोरोना विरुद्धको खोप लगाउनेकोसंख्या बढ्दै गइरहेको पाइएको छ ।सरकारले सार्वजनिक ठाउँमा खोप कार्ड अनिवार्य गर्ने तयारीपछि धनगढी उपमहानगरपालिकाको खोप केन्द्रमा पनि भिड बढ्न थालेको छ ।
‘धनगढीमा नागरिकलाई पुर्ण खोपयुक्त नागरिक बनाउने लक्ष्य लिएका छौ’ धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले भने–‘कोरोनाको खोप लगाउन सबै नागरिकलाई अनुरोध गरोका छौ ।
कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बसेको बैठकले आउँदो माघ ३ गतेदेखि सार्वजनिक ठाउँहरू सरकारी कार्यालय, होटेल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाईयात्रा, पार्क आदिमा प्रवेश गर्दा अनिवार्य रूपमा खोप लगाएको कार्ड देखाउनुपर्ने निर्णय गरेपछि यहाँ पनि खोप लगाउनेको संख्या बढेको हो ।
2024/11/23, 3:22
2024/11/23, 3:11
2024/11/23, 2:55
2024/11/23, 2:46
2024/11/23, 2:44
2024/11/23, 3:22
2024/11/23, 3:11
2024/11/23, 2:55
2024/11/23, 2:46
2024/11/23, 2:31
2021/02/19, 11:35
2021/09/20, 11:10
2022/08/10, 1:15
2020/08/19, 8:12