
डोटीको बडिकेदार गाउँपालिकामा असिना पानीले तरकारी तथा हिउँदेबाली नष्ट गरेको छ । सोमबार तथा मंगलबार परेको असिनाले कृषकले लगाएका काउली, टमाटर, मुला, प्याजलगायतका सागतरकारी तथा फुलेर ढकमक्क भएको तोरी र हिउँदेबालीमा क्षत्री पुर्याएपछि किसान चिन्तित बनेका छन् ।

बेमौसमी वर्षा र असिनाका कारण लाखौं मूल्य बराबरको तरकारी तथा हिउँदेबालीमा नोक्सानी गरेको असिना बडिकेदार गाउँपालिका–४ का स्थानीयबासी बमबहादुर पनाडीले बताए । ‘असिनाले फुलेर कोसा लागेको तोरीबाली र तरकारीमा निकै क्षति पुर्याएको छ ।’–उनले भने । पनाडीका अनुसार असिनाले हिउँदे आलु, गहुँ र जौका बोट ढलाएको, पात चुटेर छियाछिया बनाएको छ ।
यसै गरी, भित्र्याउन लागेको अदुवा खेतीलाई पनि असिनाले क्षेती गरेको स्थानीयबासी बताउँछन् । सुन्तला, कागतीका दानालगायतका फलफूल समेत असिनाले झारिदिएको छ ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/18, 9:43
2020/06/10, 1:46