
धनगढी उपमहानगरपालिकाले माघ १० गतेदेखि १३ गतेसम्म कोभिड-१९ विरुद्धको अतिरिक्त खोप दिने भएको छ ।

धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण बहादुर बोहराले उपमहानगरपालिकाको १ नम्बर वडाको रंगशालामा १० गतेदेखि १३ गतेसम्म बिहान १० बजेदेखी ४ बजे सम्म पहिलो र दोस्रो खोप लगाएका ६ महिना पुगिसकेका नागरिकहरुलाई अतिरिक्त तेस्रो खोप लगाइने बताए ।
त्यस्तै उपमहानगरपालिकाका २, ३, ४, ५, ६, ७ र ८ नम्बर वडा १० र ११ गते खोप लगाइने स्वास्थ्य शाखा प्रमुख बोहराले बताए । उनले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सरसफाईकर्मी, पत्रकारका साथै सार्वजनिक सेवा प्रदायक संस्थामा कार्यरत कर्मचारीलाई खोप लगाइने बताए ।

त्यस्तै ६० बर्ष उमेर समुहका सबै नागरिक, दिर्घरोगीहरुलाई समेत अतिरिक्त खोप लगाइने जानकारी उपमहानगरपालिकाले दिएको छ ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/11, 9:19
2023/02/06, 1:38
2025/02/13, 5:07