
नवजीवन अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । धनगढी वडा नम्बर ४ मा रहेको अस्पतालले फागुन १७ गतेदेखि निःशुल्क शिविरको आयोजना गर्ने भएको हो ।

अस्पतालले आफ्नो १६ औं बार्षिकोत्सवको अवसरमा फागुन १७ देखि २७ गतेसम्म निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको अस्पतालका मेडिकल डाईरेक्टर डाक्टर विदुरमणि ढकालले जानकारी दिए ।
निशुल्क स्वास्थ्य शिविरमा नवजात शिशु तथा बालरोग सम्बन्धी र मानसिक तथा नशा रोग सम्बन्धी सेवाहरु दिईने छ ।

अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत निशुल्क स्वास्थय शिविरको आयोजना गर्न लागेको जनाएको छ ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/11, 9:19
2023/02/06, 1:38
2025/02/13, 5:07