सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तडमा २५० जनाले गरे ‘हेली टुर’
2022/02/27, 9:23
 
aa

सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तडमा दुई सय ५० जना पर्यटकले हेली टुर गरेका छन्। फागुन १ गतेदेखि १४ गतेसम्म सञ्चालन भएको हेलि टुर प्याकेज मार्फत दुई जना विदेशी पर्यटकसहित दुई सय ५० जना पर्यटक खप्तड पुगेका हुन्।

खप्तड होमस्टे झिग्राना र खप्तड एड्भन्चर टुर्सले सञ्चालन गरेको टुर प्याकेज सकिएको हो। पर्यटन प्रवद्र्धन गर्नका लागि सञ्चालन गरिएको टुर मार्फत तीन सय ५० जनालाई भ्रमण गराउने लक्ष्य राखिएकोमा दुई सय ५० जना खप्तड पुगेको झिग्राना र खप्तड एड्भन्चर टुर्सका प्रबन्ध निर्देशक दीपकबहादुर खड्काले बताए। 

बडिमालिकामा बाक्लो हिँउका कारण हेलिकोप्टर अवतरण हुन नसकेपछि एक सय जनाभन्दा बढीले हेली टुर गर्न नपाएको आयोजकले जनाको छ। खप्तडको टुरमा एक जना अमेरिकन र एक जना फ्रान्सका नागरिक पनि सहभागी भएका छन्। 

सुदूरपश्चिमका पर्यटकिय गन्तब्य अपि, सैपाल, सुर्मासरोवर, खप्तड, रामारोशन, बडिमालिका, बुढिनन्दा लगायतका गन्तव्यलाई समेत आउने वर्षहरुमा टुर प्याकेजमा समेट्न आग्रह गरिएको छ।