
धनगढी उपमहानगरपालिका वडा नम्बर ४ चटकपुरमा रहेको सीपी अस्पतालमा नाक कान घाँटी सम्बन्धी निशुल्क शिविर हुने भएको छ । असार ५ गतेदेखि २० गतेसम्म सीपी अस्पतालमा नाक कान घाँटी रोग सम्बन्धी निशुल्क स्वास्थ्य चेकजाँच र परामर्श शिविर हुने भएको हो ।

निशुल्क स्वास्थय चेकजाँच र परामर्श शिविरमा नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कोलाज कट्टेलले उपचार गर्ने सीपी अस्पतालका प्रशासन प्रमुख हेमराज जोशीले बताए ।

उनका अनुसार शिविरमा नाक बन्द हुने, पिनास, कान नसुन्ने, कान कराउने, कान दुख्ने, कानबाट पिप बग्ने, घाँटी दुख्ने, टन्सिल लगायतका स्वास्थ्य समस्याहरुको उपचार गरिनेछ । अस्पतालले विरामीहरुलाई नाम दर्ता गराई मौकाको फाईदा उठाउन पनि आग्रह गरेको छ ।
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/07/18, 6:02
2020/05/28, 7:10
2020/09/28, 9:08