
धनगढी उपमहानगरपालिका वडा नम्बर १९ मा रहेको फूलबारी बसपार्क सञ्चालनमा आएको छ। बुधबार आजबाट बसपार्क संचालनमा आएको हो।

आजबाट संचालन भएको फूलबारी बसपार्कबाट पूर्व जाने र फूलबारी हुँदै धनगढी आउने सबै बसहरू वडा नम्बर १९ मा रहेको बसपार्कभित्र भएर मात्रै सञ्चालन हुने बताइएको छ। अब माघसम्म ६ महिना बसपार्क निःशुल्क सञ्चालन हुनेछ।
बसपार्कको निर्माण कार्य सम्पन्न भएको करिब एक वर्षपछि उक्त बसपार्क संचालनमा आएको हो। साउन २९ गते धनगढी उप–महानगरका मेयर, उपमेयर लगायतका जनप्रतिनिधिसहित बसेको बैठकले भाद्र १ गतेदेखि बसपार्क संचालन गर्ने निर्यण गरेको थियो।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/08/19, 2:17
2020/08/06, 10:29
2021/05/16, 10:55
2021/12/14, 12:29