
धनगढीको कैलाली अस्पतालले पहिलो पटक मुत्रनलीमा अड्किएको जटिल पत्थरीको सफल शल्यक्रिया गरेको छ । अस्पतालले कञ्चनपुरका २९ महिने बालकको मुत्रनलीमा अड्किएको ७ दशमलव ८ एमएमको पत्थरीको सफल शल्यक्रिया गरिएको जनाएको छ ।

अस्पतालका डाक्टर आनन्द पाठक र डाक्टर अरुण पाण्डेको समूहले दुरविन प्रविधिबाट बिना चिरफार जटिल पत्थरीको शल्यक्रिया गरेको कैलाली अस्पतालका सञ्चालक जनकराज जोशीले जानकारी दिए । धनगढीमै जटिल मुत्रनलीको जटिल पत्थरीको शल्यक्रिया भएपछि बालकका अभिभावकले खुसी व्यक्त गरेको उनले बताए ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/24, 5:30
2021/08/31, 10:08
2022/06/29, 3:28
2023/10/13, 10:02