धनगढीको वडा नम्बर १० मा लागेको ताला खुल्यो, एकलौटी गरेको आन्दोलनकारीको आरोप
2022/08/29, 6:15

धनगढी- धनगढी उप–महानगरपालिका वडा नम्बर १० को वडा कार्यालयमा गरिएको तालाबन्दी खुलेको छ । वडा कार्यालयले ज्यालादारी कर्मचारीलाई बिना कारण निकालेको भन्दै स्थानीय बासीले गरेको तालाबन्दी खोलिएको हो ।

मेयर उपमेयर र प्रशासकीय अधिकृतसँग छलफल पछि जिल्ला प्रशासन कार्यालयलाई पत्र काटेर स्थानीय प्रहरीले ताला खोलेको वडाध्यक्ष शिवकुमार रानाले बताए । उनले सबैको सहमतिमा ताला खोलेर सेवा प्रवाह गरेको बताए ।
यता आन्दोलनकारीले भने आफुहरुको सहमति विना ताला खोलेको आरोप लगाएका छन् । उनीहरुले आफुहरुलाई कुनै जानकारी नदिएर ताला खोलेको बताएका छन् । आफुहरुलाई छलफलका लागि नबोलाएर एकलौटी रुपमा ताला खोलेको आन्दोलनकारी मध्येका एक अजुध्या रानाले बताए । तर वडाध्यक्ष शिवकुमार रानाले भने छलफलमा बोलाए पनि सम्पर्कमा नआएको बताए ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/01/02, 1:53
2021/08/11, 3:19
2022/05/21, 2:07
2023/07/21, 11:07