
दार्चुला - दार्चुलामा जीप दुर्घटना हुँदा ४ जना घाइते भएका छन्। दार्चुलाको नौगाड गाउँपालिका ४ होपरीमा अइतबार बिहान जीप दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइते हुनेमा चालक धनबहादुर धामी, २८ वर्षीय कमलेश टमटा, १९ वर्षीय सुरे ठगुन्ना र २८ वर्षीय धनबिर टमटा घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

से १ ज १०७८ नम्बरको जीप दुर्घटनाममा परेको हो। घाइते मध्ये चालक धामीको अवस्था गम्भीर रहेको र सबैको उपचार गोकुलेश्वर अस्पतालमा भइरहेको प्रहरीले बताएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/19, 4:41
2023/01/27, 12:40
2024/12/18, 12:00
2021/04/17, 9:35