नवजीवन अस्पताल धनगढी र वडा न. ४ बिच सम्झौता, कर्मचारी र बासिन्दालाई उपचारमा छुट दिइने
2022/09/20, 1:24
 
नवजीवन अस्पताल धनगढी र वडा न। ४ बिच सम्झौता, कर्मचारी र बासिन्दालाई उपचारमा छुट दिइने

धनगढी – धनगढीको नवजीवन अस्पताल प्राली र धनगढी वडा नम्बर ४ को कार्यालय बिच उपचारमा छुट दिइने बारे सम्झौता भएको छ। आज नवजीवन अस्पताल पालीका तर्फबाट सिइओ चक्र खडायत तथा मेडिकल निर्देशक विधुर मणि ढकाल र वडा नम्बर ४ का अध्यक्ष बुद्धि बहादुर खड्का तथा वडा सचिव देवराज भट्ट बिच उक्त सम्झौता गरिएको हो ।

नवजीवन अस्पतालले विभिन्न ६ प्रकारका उपचारमा वडा कार्यालयका सम्पूर्ण कर्मचारी र सो वडाका बासिन्दालाई छुट दिइने सम्झौता पत्रमा उल्लेख गरिएको छ। साथै अस्पतालमा उपचार सेवा लिन आउँदा उक्त कार्यालयको प्रमाण, सिफारिस पेस गरी आएमा उक्त छुट सुविधा रहेको नवजीवन अस्पताल पालीका सिइओ चक्र खडायतले जानकारी दिए।उनका अनुसार ओपिडी जनरल बिरामी ५० प्रतिशत छुट पूर्ण कालीन चिकित्सकहरू मात्र, ज्येष्ठ नागरिक, महिला स्वास्थ्य स्वयंसेवीका ५० प्रतिशत छुट, ओ टी शल्यक्रिया २० प्रतिशत छुट, ए सी बेड १५ प्रतिशत छुट, आइसियु एन आइसियु १५ प्रतिशत छुट, ल्याब १५ प्रतिशत छुट, अक्सरे २० प्रतिशत छुट रहेको जनाइएको छ । यस्तै नवजीवन अस्पतालले गरिब, अति विपन्न असहाय बिरामीहरूको सिफारिसको आधारमा १० नर्मल बेड निःशुल्क रहेको छ । बिरामीले माथि उल्लेखित छुट लिनका लागी बिलीङ्ग हुँदा बखत उक्त कार्यालयको प्रमाणपत्र, परिचयपत्र वा सिफारिस अनिवार्य पेस गर्नुपर्ने जनाइएको छ । बिलीङ्ग भए पश्चात् पशे गरेको खण्डमा मान्य नहुने कुरा अवगत गराएको छ ।