‘मजदूर भोक भोकै छन्, व्यवसायी टाँट पल्दिदैछन्’– अध्यक्ष सापकोटा (भिडियो अन्तरवार्ता) 
2020/06/26, 4:24
 
yatayat

सुन्दर सुदुरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले सुदुरपश्चिम प्रदेशका ३ हजार वढी सार्वजनिक सवारी साधन थन्किदा १० हजार मजदुर र व्यवसायीहरु संकटमा परेको बताएका छन् । पछिल्लो तीन महिनादेखि थन्किएका सार्वजनिक सवारी साधनहरुमा खिया लाग्ने अवस्था आईसकेको भन्दै उनले यातायात मजदुरको घरमा चुलो बल्न छोडेको बताए ।

अध्यक्ष सापकोटाले गाडीहरु थन्किरहेको अवस्थामा बैंकले पनि ब्याज र किस्ता तिर्न ताकेता गरिरहेकाले व्यवसायीहरु अझै अप्ठ्यारोमा परेको बताए । सार्वजनिक यातायात क्षेत्र कहिलेसम्म संचालनमा आउने भन्ने टुंगो नभएकाले व्यवसायीहरु धराशायी हुने निश्चित रहेको उनले संघीय सरकार र प्रदेश सरकारले व्यवसायी र मजदुरका समस्याहरु सुनेर समाधान गर्नका लागि आग्रह गरे ।

खबरकुञ्जसँग कुराकानी गर्दै अध्यक्ष सापकोटाले आफुहरुले विभिन्न निकायहरुको ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र वुझाई उपनि कही कतैबाट कुनै सुनुवाई नभएको गुनासो गरे ।