कैलालीमा होलसेल पसलको गोदाममा आगलागी, १२ लाखको क्षति
2022/12/03, 2:02
 
कैलालीमा होलसेल पसलको गोदाममा आगलागी, १२ लाखको क्षति

धनगढीः कैलालीमा एक होलसेल पसलको गोदाममा आगलागी भएको छ। शनिबार जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ५ पथरैया बस्ने महमद युनिस जागाको न्यू मदार स्टोर किराना होलसेल पसलको गोदाममा आगलागी भएको हो। 

विद्युतको तार सर्ट भई एक्कासी आगलागी हुँदा गोदामभित्र भएका सबै सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आगलागीबाट बाह्र लाख बराबरको क्षति भएको छ। अहिले भने उक्त क्षेत्रको आगलागी नियन्त्रणमा आएको छ।