
टिकटकले किशोर–किशोरीका लागि ब्युटी फिल्टरको प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ । आउँदो सातादेखि १८ वर्षभन्दा कम उमेरकाले आँखा तथा ओठ ठूलो बनाउने र छालाको टोन परिवर्तन गर्ने फिल्टर प्रयोग गर्न नपाउने भएका हुन् ।

वास्तविकताभन्दा फरक स्वरुप देखाउने फिल्टरहरूले किशोरकिशोरीहरू आफ्नो शरीर एवं अनुहारलाई लिएर असन्तुष्ट हुने र मानसिक स्वास्थ्य बिग्रिने समस्या बढेसँगै टिकटकले यस्तो कदम चालेको हो । प्रतिबन्ध वास्तविक उमेर राख्नेहरूको हकमा लागु हुने जनाइएको छ । तर, धेरैले आफ्नो नक्कली उमेर राख्ने हुँदा सबैमा लागु हुन नसक्ने ठानिएको छ ।
टिकटक एवं अन्य सामाजिक सञ्जालमा उपलब्ध राम्रो देखाउने फिल्टरहरूले खासगरी केटीहरूलाई आफ्नो शारीरिक बनावटलाई लिएर नकारात्मक भावना उत्पन्न गराइरहेको भन्दै विश्वभर चिन्ता बढ्दो छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/10, 9:15
2021/05/05, 9:33
2021/11/27, 9:26