दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु
2022/12/03, 2:03
 
धनगढीः बैतडीमा जिप दुर्घटना भएको छ। जिल्लाको देहीमाण्डौं–गिरेगडा सडकको दशरथचन्द नगरपालिका वडा नम्बर ९ सैनखान नजिकै से १ ज २१३९ नम्बरको जिप शनिबार बिहान दुर्घटनामा परेको हो।  जिप सडकबाट २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए।  जिपमा ४२ बर्षीय मोहनसिंह बोहरा मात्रै रहेका र उनी सकुशल छन्।   कुखुरा पुर्याएर देहीमाण्डौं तर्फ फर्किएको जिप दुर्घटनामा परेको हो। दुर्घटनाको कारण भने खुलेको छैन।

धनगढीः दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको व्यास गाउँपालिका–३ तुसरपानीका ५० वर्षीय डम्मरसिंह डडालको मृत्यु भएको खबर आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

शुक्रबार उनको भिरबाट लडेर मृत्यु भएको हो। प्रहरी घटना स्थलतिर गएको छ। तर शनिबार प्रहरीको समूह सम्पर्कमा आएको छैन्। शुक्रबार दिउँसो घाँस–दाउरा काट्ने क्रममा भिरबाट लडेका डडालको घटनास्थलमै ज्यान गएको बताइएको ।