१९ औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसमा स्वयंसेविका सम्मानित 
2022/12/05, 3:31
 
१९ औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसमा स्वयंसेविका सम्मानित 

कैलाली – कैलालीको गौरीगङ्गा नगरपालिका वडा नम्बर ६ कैलालीले १९ औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसमा ६ जना महिला स्वयंसेविकालाई सम्मानित गरेको छ । वडा न. ६ का वडा अध्यक्ष टेकबहादुर कुँवरको सभापतित्वमा भएको कार्यक्रम महिला स्वास्थ्य स्वयंसेविकालाई नगद रु. १ हजार ५ सय सहित सम्मान पत्र र दोसल्लाद्वारा सम्मानित गरिएको थियो । सो कार्यक्रममा विभिन्न पार्टी प्रतिनिधि, विद्यालयका प्रअ तथा प्रतिनिधि, स्थानीय समाजसेवी, स्वास्थ्यकर्मी र विभिन्न आमा समूहको उपस्थिति रहेको थियो । 

S   आधारभूत स्वास्थ्य सेवा केन्द्र प्रमुख गणेश उपाध्यायले सञ्चालन गर्नु भएको कार्यक्रममा नेपाली काङ्ग्रेसका सुदूरपश्चिम प्रदेश सदस्य सुरत रावत (डोटेली कान्छा), नेकपा समाजवादीका नेता चक्र बोगटी, अमर मावि व्यवस्थापन समिति अध्यक्ष टिकाराम शर्मा, समाजसेवी एवं टोल संयोजक पुरन सिंह कडायत, वीरबहादुर साउँद लगायतले शुभकामना  मन्तव्य एवं बधाई व्यक्त गर्नु भएको थियो ।